Wednesday, 22, September, 2021 info@saipalnews.com

कञ्चनपुरमा एकै दिन तीन जनाले गरे आत्महत्या

कञ्चनपुर १३ भदौ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा शनिबार आज एकै दिन तीन जनाले आत्महत्या गरेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहाका २८ वर्षीय रमेश चौधरीले घर नजिकैको उखुबारीभित्र रहेको रुखमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।

त्यस्तै, बेलौरी नगरपालिका–५ शोभाताल की ४५ वर्षीया कलावती चौधरीको शव आफ्नै घरको भान्सा कोठामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरी निरीक्षक चन्दले बताए ।

यसैबीच, शनिबारनै लालझाडी गाँउपालिका–२ कञ्जका ५७ वर्षीय हेलुराम चौधरी पनि आफ्नो घर नजिकैको जङ्गलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । उनीहरु तीनै जनाको पोष्टमार्टम गरिएको छ, भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक चन्दले भने, ‘प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार तीनवटै घटना आत्महत्या हुन् ।’ त्यस्तै, पुनर्वास नगरपालिका–१ गणेशवस्तीमा विष सेवन गर्दा आमा र बच्चा दुवैको मृत्यु भएको छ । विहीबार मात्रै २४ वर्षीया आमा निर्मला रानाले बच्चासंगै ‘सल्फास’ नामक विष सेवन गरेकी थिइन् ।

आफ्नो आठ महिने दुधे बालकको बिहीवार नै मृत्यु भइसकेको थियो, भने आमा निर्मलाको उपचारका क्रममा ९आज० शनिबार मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिए । उनका अनुसार मृतक आमा र बच्चाको पनि पोष्टमार्टम गरिएको छ । उक्त घटनाबारे पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।