Monday, 21, September, 2020 info@saipalnews.com

कालीकोटमा पहिरोले पुरिएर ३ जनाको मृत्यु

सुर्खेत १४ भदौ । कालीकोटमा पहिरोले पाँचवटा घर बगाउँदा तीनजनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार तिलागुफा नगरपालिका १, नाग्म बजारमा पहिरोले घर पुर्दा तीनजनाको मृत्यु भएको हो ।

आइतबार बिहान ८ बजे घरमाथिबाट आएको पहिरोले पाँचवटा घर पुरेको डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए । डीएसपी तिम्सिनाका अनुसार मृत्यु हुनेमा सुभकालिका गाउँपालिका ७ का ४० वर्षीय प्रयाक शाही, उनकी छोरी हिमा शाही र वडा नं ५ का पाँच वर्षीय बालक निराजन शाही रहेका छन् ।

तिलागुफा नगरपालिका ३, का ११ वर्षीय अर्जुन हमाल र जुम्लाको हिमा गाउँपालिका ३५ वर्षीय पन्न शाहीको भने जिवितै उद्दार गरिएको प्रहरीले जनाएको छ । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारा भैरहेको छ ।पहिरोले घर पुर्दा कोही बेपत्ता भए नभएको भने खुलेको छैन ।

१३र१४ जना घरमै पुरिएको अनुमान गरिएको डीएसपी तिम्सिनाले बताए ।घटनास्थलमा कालीकोट र जुम्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरु उद्धारमा खटिएका छन् ।