Friday, 28, January, 2022 info@saipalnews.com

सरकारी छाप किर्ते मुद्दाका फरार तीन आरोपी पक्राउ

कास्की १४ भदौ । सरकारी छाप तथा दस्तखत किर्ते मुद्दाका फरार तीन आरोपीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पर्वत मोदी गाउँपालिकाका ३७ वर्षीय निर्दोष गिरी, कास्की पोखरा महानगरपालिकाका २४ वर्षीय ऋषिराम गिरी र कास्की पोखरा महानगरपालिकाकै २२ वर्षीय असिम भण्डारी पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार उनीहरुलाई २०७५ वैशाख २ गते कास्की जिल्ला अदालतको फैसलाले १ वर्ष कैद सजाय तोकेको थियो । लगत्तै उनीहरु फरार भएका थिए ।

निर्दोष गिरी पोखरा महानगरपालिका–१४ चाउथे, ऋषिराम गिरी पोखरा महानगरपालिका–२६ विजयपुर र असिम भण्डारी पोखरा महानगरपालिका–२ हरिचोकबाट पक्राउ परेका हुन् । पक्राउ परेका तीनै जनालाई अदालतमा पेश गरिएको एसपी श्रैष्ठले बताए ।