Wednesday, 22, September, 2021 info@saipalnews.com

लामो दूरीका यातायात र शिक्षण संस्था भदौ मसान्तसम्म बन्द

काठमाडौं १४ भदौ ।सरकारले लामो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।  आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।

यसअघि सरकारले भदौ १५ गतेसम्मका लागि दुरीका यातायात र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेकोमा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अवधि लम्ब्याउने निर्णय गरेको हो । गत साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले १२० दिन लामो लकडाउन अन्त्य गरेपनि केही क्षेत्र अझै खुलाएको छैन ।