Wednesday, 22, September, 2021 info@saipalnews.com

पछिल्लो २४ घण्टामा नेपालमा थप ८९९ कोरोना संक्रमित थपिए

दाङ १५ भदौ | पछिल्लो २४ घण्टामा गरिएको ११ हजार १ सय २९ जनाको पीसीआर परीक्षणमा नेपालमा आज थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । यस्तै, निको हुनेको संख्या २१ हजार ४१० रहेको छ भने हालसम्म २२८ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका १९०, सर्लाहीका १०३, चितवनका ७१, ललितपुरका ६७, मकवानपुरका ४२, भक्तपुरका ४१, सुर्खेतका ३८, पर्साका ३४, धनुषाका ३१, तनहुँका २६, सुनसरीका २५, अछामका २३, बाराका २३, सप्तरीका २२, मोरङका १९, कैलालीका १६, बाँकेका १४, काभ्रेका १३, गोरखाका १३, रुपन्देहीका ११, संखुवासभाका ९, सिन्धुलीका ७, कञ्चनपुरका ७, महोत्तरीका ६, झापाका ५, सिरहाका ५, नवलपरासी पूर्वका ४, बाग्लुङका ४, कास्कीका ३, नवलपरासी पश्चिमका ३, दोलखाका २, रामेछापका २, लमजुङका २, अर्घाखाँचीका २, बर्दियाका २, बैतडीका २, बझाङका १, डोटीका १, जुम्लाका १, कपिलवस्तुका १, सिन्धुपाल्चोकका १, ओखलढुङ्गाका १, खोटाङका १, रौतहटका १, धादिङका १ र पाल्पाका १ जना रहेका छन् ।

यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका महोत्तरी, गोरखा, रुपन्देही, झापा, रौतहट, चितवन र भक्तपुरका १÷१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।