काठमाडौंं १५ भदौ | भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ।
कोरोना संक्रमणपछि उपचाररत मुखर्जी केही दिनदेखि कोमामा थिए। सोमबार उनको नयाँ दिल्लीस्थित आरआर सैनिक अस्पतालमा निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टी गरेका छन्।
‘भारी मनका साथ यो जानकारी गराउदैँछु, आरआर अस्पतालका डाक्टरको सक्दो प्रयास र भारतभरका मानिसहरूको प्रार्थनाका बावजुद् हाम्रा बुबा प्रणव मुखर्जी अहिले भर्खरै बित्नुभएको छ,’अभिजितले ट्वीटरमा लेखेका छन्। मुखर्जी ८४ वर्षका थिए।
गत अगस्ट १० मा उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो।
Saturday, 27, February, 2021 info@saipalnews.com

भारतीय पुर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन
