Saturday, 18, September, 2021 info@saipalnews.com

भदौ मसान्तसम्म विद्यार्थी भर्ना र परीक्षा संचालन गर्न नपाइने मन्त्रीपरिषद्को निर्णय

काठमाडौं १५ भदौ | सरकारले नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित परीक्षा भदौ महिनाभरी सञ्चालन गर्न नपाइने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १ असोजबाट मात्रै गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

यसअघि ५ साउनमा १ भदौबाट र २६ साउनमा १६ भदौबाट परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको थियो ।