Thursday, 24, September, 2020 info@saipalnews.com

भन्सार छलीका सामान बरामद

कैलाली १५ भदौ । भन्सार छलीका सामान प्रहरी ले बरामद गरेको छ ।   १३ गते दिउसो ११ः३० बजे जिल्ला प्रहरीकार्यालयबाट खटिएको प्रहरी टोलीले  अबैध भन्सार चोरी पैठारी गरि ल्याएका मोटर साइकलका पाठ पुर्जा बरामद गरेको हो  ।

धनगढी उपमहानगरपाली ३ चटकपुरमा सडक खण्डमा बेवारी अवस्थामा अबैध भन्सार चोरी पैठारी गरी ल्याइएका अन्दाजी ३ लाख ९६ हजार ४ सय १० रुपैंया बराबरका मोटर साइकलका बिभिन्न पाठ पुर्जाका सामान फेलापारी बरामद गएिको हो । उक्त सामान  सोमबमर आज आवश्यक कारबाहीका लागी भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नाब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।