Saturday, 18, September, 2021 info@saipalnews.com

भीम अस्पतालमा एक संक्रमितको मृत्यु

रूपन्देही १७ भदौ । एक कोरोना संक्रमितको मृत्यु भएको छ । भैरहवाको भीम अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको मंगलबार राति ९ः४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। नारायण पोख्रेलले बताए ।नवलपरासी पश्चिम, रामग्राम–५ की उनलाई मधुमेह, उच्च रक्तचाप र श्वासप्रश्वासमा समस्या भएको थियो ।

खोकी लाग्ने समस्या देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएकी उनलाई त्यहाँ आईसीयू बेड खाली नभएपछि १५ गते भीम अस्पतालमा रिफर गरिएको थियो । श्वासप्रश्वासमा समस्या आएर उनको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा। सुमित प्रजापतिले बताए । ती संक्रमितलाई उच्च रक्तचाप र मधुमेहको पनि समस्या थियो ।

भीम अस्पतालमा अहिले ४ जना आईसीयूमा र १७ जना आइसोलेसनमा गरी २१ संक्रमित उपचाररत रहेको फोकल पर्सन डा। प्रजापतिले बताए । यसअघि उक्त अस्पतालमा गैडहवा–३ का ५० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको थियो ।