Wednesday, 22, September, 2021 info@saipalnews.com

नेप्से सूचक ६ महिना यताकै उच्च विन्दुमा, ४ अर्ब बढीको कारोबार

बुधबार नेप्से सूचक १.७२ प्रतिशतले बढेर ६ महिना यताकै उच्च विन्दुमा पुगेको छ भने ४ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ। पछिल्लो पटक २०७६ फागुन २० गते नेप्से १५०९ विन्दुमा बन्द भएको थियो।

यस दिन १८६ वटा कम्पनीको ९६ लाख ८६ हजार कित्ता शेयर ४ अर्ब १८ करोड रुपैयाँमा खरिद बिक्री भएको छ।

पछिल्लो दिन कारोबार रकम दैनिक बढ्दै गइरहेको छ। कोरोनाको कारण लगानीका अन्य क्षेत्रहरु बन्द हुँदा शेयर बजारमा लगानी बढेको विज्ञहरु बताउछन्।

करोबारमा आएका कम्पनीहरुमध्ये १२९ वटा कम्पनीको शेयरमूल्य बढ्दा यस दिन नेप्से सूचक १.७० प्रतिशत अर्थात २५.५८ अंकले बढेर १ हजार ५१० विन्दुमा पुगेको छ।