Monday, 21, September, 2020 info@saipalnews.com

उपत्यकामा थपिए ३८८ जना कोरोना संक्रमित

काठमाडौं १७ भदौ । काठमाडौं उपत्यकामा ३८८ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ३५० जना संक्रमित थपिएका छन् । ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।