Monday, 21, September, 2020 info@saipalnews.com

बुटवलमा कोरोना संक्रमित महिलाको ज्यान मृत्यु

बुटवल १८ भदौ । बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत रुपन्देहीको सैनामैना नगरपालिका ११ सालझण्डीकी ७७ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो ।

ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल आएकी ती महिलाको बुधबार साँझ नै जिन एक्सपर्ट मेसिनमार्फत पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

कोरोना पुष्टि भएपछि महिलालाई अस्पतालकै फिबर क्लिनिकको आइसोलेसनमा राखेर उपचार भइरहेकामा बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पताल मातहत बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पताल र भैरहवाको भीम अस्पतालमा आइसियू बेड खाली नभएकाले विरामीलाई फिभर क्लिनिकको आइसोलेसनमा राखेर उपचार गरिएको डा. गौतमले बताए ।