Monday, 21, September, 2020 info@saipalnews.com

भारतका प्रधानमन्त्री मोदीको ट्विटर अकाउन्ट ह्याक

काठमाडौं १८ भदौ | भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर अकाउन्ट ह्याक गरिएको छ। उनको ट्विट ह्याक भएको कुरा बिहीबार ट्विटर आफैंले पुष्टि गरेको हो।

प्रधानमन्त्री मोदीको ट्विटर ह्यान्डल  ह्याक गरी उनका फलोअर्सले प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा चन्दा दिन अपिल गरिएको थियो। मिडिया रिपोर्टअनुसार ह्याकिङको पुष्टि बिहीबार बिहान सवा ३ बजे गरिएको हो।

समाचार एजेन्सी रोयटर्सका अनुसार यसअघि जुलाईमा धेरै जना शीर्ष व्यक्तिका ट्विटर अकाउन्ट ह्याक गरिएका थिए। सामाजिक सञ्जाल ट्विटरले रोयटर्सलाई बताएअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको वेबसाइटको ट्विटर ह्यान्डल पनि ह्याक गरिएको जानकारी प्राप्त भएको र सुरक्षाका लागि प्रयास गरिएको छ। बीबीसी हिन्दी