Wednesday, 22, September, 2021 info@saipalnews.com

नेपालमा थप १ हजार २२८ जनामा कोरोना भाइरस संक्रमण, ६ को मृत्यु

काठमाडौँ १८ भदौ | पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ४ सय १३ पीसीआर परीक्षणमा नेपालमा आज थप १ हजार २ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । यस्तै, निको हुनेको संख्या २४ हजार २०७ रहेको छ भने हालसम्म २५७ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका ३५७, सर्लाहीका १०९, बाराका ७१, पर्साका ६५, धनुषाका ६४, चितवनका ५६, रुपन्देहीका ५२, ललितपुरका ४६, मोरङका ४६, भक्तपुरका ४२, कास्कीका ३१, रौतहटका २९, सुनसरीका २७, मकवानपुरका २२, महोत्तरीका २०, कैलालीका १५, झापाका १२, कपिलवस्तुका ११, बझाङका १०, गुल्मीका १०, लमजुङका ९, नवलपरासी पश्चिमका ९, बाँकेका ८, काभ्रेका ७, सुर्खेतका ७, ओखलढुङ्गाका ७, संखुवासभाका ६, नवलपरासी पूर्वका ६, दैलखेका ६, अछामका ६, बर्दियाका ५, गोरखाका ५, दोलखाका ५, नुवाकोटका ४, दाङका ४, डोटीका ४, कञ्चनपुरका ३, तनहुँका ३, सिन्धुपाल्चोकका ३, धादिङका ३, धनकुटाका ३, उदयपुरका २, प्यूठानका २, बैतडीका २, तेह्रथुमका २, पाल्पाका २, कालीकोटका २, सल्यानका २, दार्चुलाका २, जाजरकोटका १, बाग्लुङका १, सप्तरीका १ र रामेछापका १ जना रहेका छन् ।

यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका रुपन्देहीका २ जना, र चितवन, भक्तपुर, तनहुँ र सिन्धुपाल्चोकका १÷१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।