Wednesday, 22, September, 2021 info@saipalnews.com

होम आइसोलेसनमा रहेका रुपन्देहीका एक कोरोना संक्रमितको मृत्यु

रुपन्देही १९ भदौ | रुपन्देहीमा होम आइसोलेसनमा रहेका एक जना कोरोना संक्रमित पुरुषको शुक्रबार मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मिर्गौलाले काम नगरेपछि चितवनमा डायलसीस गरेर फर्केका उनको बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ साहले बताए । योसँगै शुक्रबार मात्र रुपन्देहीमा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लामा मृत्यु हुने कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।