Friday, 28, January, 2022 info@saipalnews.com

थपिए १ हजार ३५९ संक्रमित, थप १४ को मृत्यु

काठमाडौँ १९ भदौ | नेपालमा आज थप १ हजार ३५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । यस्तै, निको हुनेको संख्या २५ हजार ५६१ रहेको छ भने हालसम्म २७१ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका ३८६, चितवनका ८२, सर्लाहीका ८०, मोरङका ७६, कैलालीका ५२, बाँकेका ४८, महोत्तरीका ४६, रुपन्देहीका ४४, धनुषाका ४३, सुनसरीका ३९, भक्तपुरका ३६, ललितपुरका ३२, झापाका २८, नवलपरासी पूर्वका २८, पर्साका २७, गोरखाका २६, सप्तरीका २६, सुर्खेतका २२, बाराका २१, जुम्लाका २१, कास्कीका २०, धादिङका १९, मकवानपुरका १८, बर्दियाका १४, रामेछापका १३, तनहुँका १२, लमजुङका १०, दैलेखका ९, काभ्रेका ७, कपिलवस्तुका ७, दाङका ७, पाल्पाका ६, कञ्चनपुरका ५, नुवाकोटका ५, सिन्धुपाल्चोकका ४, डोटीका ४, स्याङ्जाका ३, दार्चुलाका ३, बैतडीका ३, बझाङका ३, ओखलढुङ्गाका २, रौतहटका २, दोलखाका २, सिन्धुलीका २, गुल्मीका २, खोटाङका २, जाजरकोटका २, सल्यानका १, रुकुम पश्चिमका १, रुकुम पूर्वका १, म्याग्दीका १, रसुवाका १, अछामका १, बाग्लुङका १, सिरहाका १ र उदयपुरका १ जना रहेका छन् ।

यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका काठमाडौँका ३ जना, सप्तरीका २ जना, र चितवन, धनुषा, कास्की, नवलपरासी, प्यूठान, रुपन्देही, पाल्पा र सुर्खेतका १÷१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।