Wednesday, 22, September, 2021 info@saipalnews.com

मेसी बार्सिलोनामै रहने

लियोनल मेस्सीले बार्सिलोना नछाड्ने निर्णय लिएको बताएका छन्।

गोल डटकमसँगको अन्तर्वार्तामा मेस्सीले अन्ततः आफू बार्सिलोनामै बस्ने निर्णयमा पुगेको बताएका छन्।

क्लबका अध्यक्षले आफ्नो बाचा पूरा नगरेको आरोप पनि उनले लगाएका छन्।

‘म यही क्लबलाई निरन्तरता दिन गइरहेको छु। किनभने क्लबका अध्यक्षले मलाई ७० करोड युरो नतिरी जान सम्भव नरहेको बताए,’ मेस्सीले भनेका छन्।