Wednesday, 19, January, 2022 info@saipalnews.com

थपिए १ हजार ४१ संक्रमित, थप ९ को मृत्यु

काठमाडौँ २० भदौ | नेपालमा आज थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । यस्तै, निको हुनेको संख्या २७ हजार १२७ रहेको छ भने हालसम्म २८० जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका ३२६, रुपन्देहीका ७१, बाँकेका ६२, चितवनका ४५, भक्तपुरका ४५, सिरहाका ४१, दाङका ३९, ललितपुरका ३७, मकवानपुरका ३५, मोरङका ३५, महोत्तरीका २६, कास्कीका २३, लमजुङका २२, सप्तरीका २०, सुनसरीका २०, गोरखाका १७, सर्लाहीका १७, बझाङका १६, नवलपरासी पश्चिमका १३, बाराका १३, पर्साका १०, धादिङका १०, झापाका ७, धनुषाका ७, बर्दियाका ७, काभ्रेका ६, दोलखाका ६, बाग्लुङका ६, गुल्मीका ६, कञ्चनपुरका ५, नवलपरासी पूर्वका ५, रामेछापका ५, कैलालीका ४, जाजरकोटका ३, पाल्पाका ३, स्याङ्जाका ३, दैलेखका ३, तनहुँका ३, उदयपुरका ३, ओखलढुङ्गाका २, सिन्धुलीका २, डोटीका २, सल्यानका २, डडेल्धुराका १, रोल्पाका १, प्यूठानका १, अर्घाखाँचीका १, पर्वतका १, इलामका १, कपिलवस्तुका १ र नुवाकोटका १ जना रहेका छन् ।

यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका काठमाडौँका ३ जना, र मोरङ, मकवानपुर, नवलपरासी, पर्सा, महोत्तरी र रुपन्देहीका १÷१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।