Wednesday, 22, September, 2021 info@saipalnews.com

कोरोना संक्रमणका कारण विरगञ्जमा थप १ जनाको मृत्यु

कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका- १० का ७७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

नारायणी बयोधा अस्पतालबाट थप उपचारका लागि शुक्रबार काठमाडौं रिफर गरिएको क्रममा बाटैमा मध्यरातमा उनको मृत्यु भएको हो ।
भदौ १७ गते संकलन गरिएको स्वाब नमुनाको पीसीआर परीक्षणका क्रममा भदौ १८ गते रिपोर्ट पोजेटिभ आएको थियो ।