Monday, 20, September, 2021 info@saipalnews.com

सांसद प्रेम सुवाललाई कोरोना संक्रमण

भक्तपुर २० भदौ । भक्तपुर क्षेत्र नं। १ का सांसद प्रेम सुवाललाई पनि कोरोना संक्रमण भएको छ । नेपाल मजदुर किसान पार्र्टीका नेता तथा सांसद प्रेम सुवाललाई कोरोना भाइरस संक्रमण भएको आज पुष्टि भएको हो ।

कट्याक्ट ट्रेसिंङका आधारमा यही भदौ १५ गते उहाँले स्वाब परीक्षणका लागि जनस्वास्थ्य च्याम्हासिहँको ल्याबमा स्वाब दिनु भएको थियो । ५ दिनपछि आज ९शनिवार० आएको रिपोर्टमा उहाँमा कोरोना पोजेटिभ देखिएको हो ।आज बिहान रिपोर्ट आएसँगै उहाँ होम आइसोलेसनमा बसिरहनुभएको उहाँले बताउनु भयो । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।