Thursday, 24, September, 2020 info@saipalnews.com

दाङमा लकडाउन केही खुकुलो पार्दै एक साताका लागि थप

दाङ २१ भदौ | दाङमा लकडाउन केही खुकुलो पार्दै १ हप्ताका लागि लम्ब्याइएको छ । लकडाउन केही खुकुलो बनाइए पनि सार्वजनिक सवारी साधन भने तत्काल चल्न दिने निर्णय बाएको छैन । बजार, व्यापार, व्यवसाय भने बिहान ६ बजेदेखी दिउँसो १२ बजेसम्म संचालन गर्न दिने निर्णय कोभिड-१९ संकट व्यवसथापन समितिले जनाएको छ । यस्तै, अब नीजी सवारी साधनको हकमा पनि जोर-बिजोर प्रणालीका आधारमा बिहान ६ बजेदेखी १२ बजेसम्म आफ्नो सवारी साधन चलाउन पाइनेछ । यसाघि दाङमा आज राती १२ बजेसम्मका लागि निषेधाज्ञा कायम गरिएको थियो ।