Thursday, 27, January, 2022 info@saipalnews.com

थपिए ९ सय ८० संक्रमित, थप ९ को मृत्यु

काठमाडौँ २१ भदौ | पछिल्लो २४ घण्टामा गरिएको १० हजार ३ सय ८२ जनाको पीसीआर परीक्षणमा नेपालमा आज थप ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । यस्तै, निको हुनेको संख्या २८ हजार ९४१ रहेको छ भने हालसम्म २८९ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका २९०, सुनसरीका ८६, बाराका ७३, सुर्खेतका ४४, रुपन्देहीका ३५, ललितपुरका ३२, भक्तपुरका ३२, चितवनका ३०, मोरङका २९, झापाका २८, पर्साका २५, स्याङ्जाका २२, कास्कीका २१, कैलालीका २१, पाल्पाका १९, नवलपरासी पूर्वका १२, सप्तरीका ११, अछामका ११, अर्घाखाँचीका ११, बझाङका १०, धनुषाका १०, धादिङका १०, रौतहटका ८, दोलखाका ७, तनहुँका ७, बाँकेका ६, बर्दियाका ६, सिरहाका ६, संखुवासभाका ६, सर्लाहीका ५, गोरखाका ५, जुम्लाका ५, प्यूठानका ४, कपिलवस्तुका ४, महोत्तरीका ३, बाग्लुङका ३, दाङका ३, कञ्चनपुरका ३, सिन्धुलीका २, लमजुङका २, नवलपरासी पश्चिमका २, दैलेखका २, जाजरकोटका २, डडेल्धुराका २, कालीकोटका १, भोजपुरका १, ताप्लेजुङका १, सिन्धुपाल्चोकका १, ओखलढुङ्गाका १, काभ्रेका १ र उदयपुरका १ जना रहेका छन् ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका काठमाडौँका ३ जना, मोरङका २ जना, र झापा, पर्सा, धनुषा र चितवनका १÷१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।