Wednesday, 25, November, 2020 info@saipalnews.com

सायद मैले पनि त्यसो गर्न सकेको भए

bhatta

सायद मैले पनि त्यसो गर्न सकेको भए।

कुनै बहानाले नजिक सर्न सकेको भए।।

लाग्छ केही त जरुर प्राप्ती हुन्थ्यो होला ।

भजन गर्दै शरण तिम्रो पर्न सकेको भए।।

इमान बेचेर पेट पाल्न मनले मानेन मेरो।

जाती हुन्थ्यो तिमी झै झर्न सकेको भए।।

तिमी नि आफन्त जस्तै ठान्थ्यौ होला खै ।

बैमानी गरी गोजी तिम्रा भर्न सकेको भए।।

भोको पेट बस्नेको त तिमीलाई चिन्ता छैन ।

चिन्ता आफन्तलाई दाना छर्न सकेको भए।।

                                                                                  धर्मानन्द भट्ट,कञ्चनपुर