Thursday, 24, September, 2020 info@saipalnews.com

धनुषामा झडप, प्रहरी निरीक्षकसहित २ प्रहरी घाइते

धनुषा २२ भदौ । सखुवाको काठ प्रहरीले नियन्त्रणमा लिएपछि झडप हुँदा प्रहरी निरीक्षकसहित दुई प्रहरी घाइते भएका छन् ।धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर ५ मा आइतबारराति प्रहरी र स्थानीयबासिन्दाबीच काठको विषयलाई लिएर विवाद हुँदा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक दीपककुमार राय र प्रहरी जवान रामविश्वास पण्डित घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

बटेश्वरमा सखुवाको ८ वटा गोलिया आइतबारराति प्रहरी नियन्त्रणमा लिँदा करिब ६०र७० जना स्थानियहरुले ढुँगा मुढा गर्दा प्रहरी निरीक्षकका आँखामा र प्रहरी जवान पण्डितको टाउकोमा चोट लागेको र दुवैजनाको उपचार महेन्द्रनगरमै भइरहेको धनुषा प्रहरीले जनाएको छ ।