Wednesday, 22, September, 2021 info@saipalnews.com

झिंगा मार्ने चक्करमा घर नै जल्यो

एजेन्सी २२ भदौ । फ्रान्समा एक व्यक्तिले झिंगा मार्ने कोसिस गरे तर यो चक्करमा उनको घरको ठूलै भाग जलेको छ । फ्रान्सको दोर्दोनमा बस्ने करिब ८० वर्षका एक वृद्ध रातीको खाना खान बसेका थिए तर एउटा झिंगा भन्किँदा उनलाई रिस उठ्न थाल्यो । उनले किरा–फट्याङ्ग्रा मार्न काम लाग्ने इलेक्ट्रोनिक र्याकेट उठाए र झिङ्गा मार्ने कोसिस गरे ।तर त्यतिबेला उनको घरमा ग्यास लिक भइरहेको थियो जसका कारण इलेक्ट्रोनिक र्याकेट हावामा चलाउँदा बिस्फोट भयो ।

बिस्फोटमा उनको भान्साकोठा र घरको छतमा निकै क्षती पुगेको छ ।स्थानीय मिडियाका अनुसार उक्त बिस्फोटमा उनी बाँच्न सफल भएका छन् तर उनको हात आगोले पोलेको छ । हाल उनीहरु एउटा क्याम्पमा बसिरहेका छन् र उनको परिवार घरको मर्मत गरिरहेका छन् ।