Thursday, 23, September, 2021 info@saipalnews.com

सुन तथा चाँदीको भाउ स्थिर

काठमाडौंं २२ भदौ | सोमबार सुन तथा चाँदीको भाउ स्थिर रहेको छ। लगातार चार दिन घटेको सुनको भाउ सोमबार भने स्थिर रहेको हो।
यस दिन छापावाला सुन प्रतितोला ९६ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

चार दिनयता सुन तोलामा दुई हजार ३०० रुपैयाँले घटेको थियाे। अघिल्लो साताको मंगलबार भने सुन ९८ हजार ४०० रुपैयाँसम्म पुगेको थियो।

यसैगरी, चाँदी पनि आइतबारकै मूल्यमा कारोबार भइरहेको छ। सोमबार चाँदीको लागि निर्धारण गरिएको मूल्य प्रतितोला एक हजार ३२० रुपैयाँ रहेको छ। गत मंगलबार प्रतितोला एक हजार ३९५ सम्म पुगेको चाँदीको मूल्यमा त्यसयता भने सामान्य घटबढ देखिएको छ।