Thursday, 23, September, 2021 info@saipalnews.com

थपिए ९ सय ७९ संक्रमित, थप ११ को मृत्यु

काठमाडौँ २२ भदौ | पछिल्लो २४ घण्टामा नेपालमा गरिएको ९ हजार २१८ जनाको पीसीआर परीक्षणमा नेपालमा आज थप ९ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ । यस्तै, निको हुनेको संख्या ३० हजार ६ सय ७७ रहेको छ भने हालसम्म ३०० जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका २९३, मकवानपुरका ७३, सुनसरीका ६५, धनुषाका ४४, बाँकेका ४२, रुपन्देहीका ४१, बर्दियाका ४१, सिरहाका ४१, मोरङका ३९, कास्कीका ३०, काभ्रेका २८, सर्लाहीका २०, ललितपुरका २०, चितवनका १९, सप्तरीका १९, सुर्खेतका १९, गोरखाका १८, झापका १६, नवलपरासी पूर्वका १६, लमजुङका १५, भक्तपुरका १३, गुल्मीका ८, कञ्चनपुरका ७, पाँचथरका ६, तनहुँका ६, पाल्पाका ५, धादिङका ४, महोत्तरीका ३, दोलखाका ३, सिन्धुपाल्चोकका ३, दैलेखका ३, कैलालीका ३, कालीकोटका २, नवलपरासी पश्चिमका २, कपिलवस्तुका २, उदयपुरका १, सोलुखुम्बुका १, सिन्धुलीका १, जाजरकोटका १, प्यूठानका १, भोजपुरका १, जुम्लाका १, बझाङका १ र बाजुराका १ जना रहेका छन् ।

यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका काठमाडौँका ३ जना, सिरहाका २ जना, र मोरङ, सर्लाही, दोलखा, मकवानपुर, कास्की र बाँकेका १÷१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।