Thursday, 27, January, 2022 info@saipalnews.com

केही खुकुलो बनाउँदै मोरङमा भदौ २८ सम्मका लागि निषेधाज्ञा थप

मोरङ २२ भदौ | कोरोना संक्रमण बढ्दै गएपछि मोरङ जिल्ला प्रशासन कार्यालयले थप एक साता निषेधाज्ञा जारी गरेको छ।
सोमबार प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले आज राति १२ बजेदेखि भदौ २८ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थप गरेका हुन्।
यस अवधिमा अत्यावश्यकबाहेक सार्वजनिक सवारी साधन सञ्चालन लगायतका भिडभाडजन्य गतिविधिमा रोक लगाइएको छ।
यद्यपी सिटी रिक्साहरु जोर विजोर प्रणालीमा सञ्चालन हुने गरी सञ्चालन अनुमति दिइएको छ भने सरकारले मापदण्ड तोकेअनुसार पसलहरु साँझ ७ बजेसम्म खुल्ने भएका छन् भने साँझ ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाइएको छ।