Thursday, 27, January, 2022 info@saipalnews.com

सुनको भाउ आज पनि ओरालो

काठमाडौं २३ भदौ | मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ तोकेको छ।
यसैगरी, चाँदीको भाउ पनि मंगलबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३१० रुपैयाँ निर्धारण गरिएको छ। यस अघि आइतबार चाँदीको भाउ प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिदबिक्री गरिएको थियो।