Wednesday, 22, September, 2021 info@saipalnews.com

अर्घाखाँचीका एक संक्रमितको नेपालगन्जमा मृत्यु

बाँके २३ भदौ | बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षा अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । अर्घाखाँचीका ४२ वर्षीय पुरुषको मंगलबार बिहान साढे ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
अर्घाखाँचीको शीतगंगा नगरपालिकाका उनलाई भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका अनुसार निमोनियाको गम्भीर लक्षण देखिएपछि भदौ ११ गते मेडिकल कलेज भर्ना गरिएका उनको अवस्था बिग्रँदै गएपछि मृत्यु भएको हो ।
टिपर दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बुटवलस्थित अस्पताल लगिएको थियो । त्यहाँ परीक्षण गर्दा कोरोना पुष्टि भएपछि नेपालगन्ज पठाइएको थियो ।