Saturday, 31, July, 2021 info@saipalnews.com

थपिए ९ सय २ संक्रमित, थप ६ को मृत्यु

काठमाडौं २३ भदौ | पछिल्लो २४ घण्टामा नेपालमा गरिएको १० हजार ६ सय ११ जनाको पीसीआर परीक्षणमा नेपालमा आज थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ । यस्तै, निको हुनेको संख्या ३२ हजार ९ सय ६४ रहेको छ भने हालसम्म ३ सय ६ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका ३००, कैलालीका ७७, भक्तपुरका ५८, मोरङका ५१, ललितपुरका ३८, सुनसरीका ३८, धनुषाका ३३, कास्कीका ३०, मकवानपुरका २४, रुपन्देहीका २१, चितवनका २०, सप्तरीका १८, गोरखाका १८, सुर्खेतका १८, झापाका १६, पर्साका १४, ओखलढुङ्गाका १३, बाराका १२, बाग्लुङका १०, कञ्चनपुरका ९, रामेछापका ८, धादिङका ८, रौतहटका ८, नवलपरासी पूर्वका ७, बर्दियाका ७, सर्लाहीका ६, बाँकेका ५, महोत्तरीका ४, सिरहाका ४, दाङका ३, तनहुँका ३, नुवाकोटका ३, उदयपुरका २, काभ्रेका २, दोलखाका २, लमजुङका २, सिन्धुपाल्चोकका १, अर्घाखाँचीका १, कपिलवस्तुका १, नवलपरासी पश्चिमका १, दैलेखका १, रोल्पाका १, स्याङ्जाका १, पर्वतका १, गुल्मीका १ र इलामका १ जना रहेका छन् ।

यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका काठमाडौंका २ जना, पर्साका २ जना, कपिलवस्तुका १ जना र सुनसरीका १ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।