Saturday, 18, September, 2021 info@saipalnews.com

कांग्रेस परित्याग गर्नेको लर्को

अछाम २४ भदौ । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकामा नेपाली कांग्रेस परित्याग गरेर २५ जना नेकपा प्रवेश गरेका छन् । पञ्चदेवल विनायक नगरपालिका वडा न ४ कालिकास्थानमा नेपालि कांग्रेस परित्याग गरि २५ जना सक्रिय कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् । नेकपाका जिल्ला सचिवालय सदस्य भीमवहादुर बिष्टले नव प्रवेशीलाई स्वागत गर्नु भएको थियो ।

नव प्रवेशीहरूले कांग्रेसबाट देश र जनताका पक्षमा काम हुन नसक्ने निष्कर्ष सहित आफूहरूले कांग्रेस परित्याग गरेको बताएका छन् । कांग्रेस परित्याग गरेर नेकपा प्रवेश गर्नेहरूमा दत्त वोगटि ,चक्र विष्ट,कर्ण विष्ट ,तेज विष्ट सहित २५ जना रहेका छन् ।