Thursday, 24, September, 2020 info@saipalnews.com

अन्तराष्ट्रिय फुटबलमा रोनाल्डोको १०० गोल

पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेका छन् । उनी आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् ।
रोनाल्डोकै दुई गोल मद्दतमा पोर्चुगलले युइएफए नेशन्स कप अन्तर्गत लिग ए को समूह ३ को खेलमा स्वीडेनलाई २-० ले पराजित गरेको हो ।
३५ वर्षीय युभेन्ट्सका फरवार्ड रोनाल्डोले ४५औं मिनेटमा पहिलो गोल गर्दै १०० गोल पूरा गरे । ८१ मिनेट मैदानमा रहेका उनले ७२औं मिनेटमा दोस्रो गोल गरे ।
अब उनी सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने इरानका अली दाइको नाममा रहेको कीर्तिमानबाट ८ गोल मात्र टाढा छन् ।