Wednesday, 19, January, 2022 info@saipalnews.com

उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, २४ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउन सुझाव दिएको छ। कोरोना संक्रमितको संख्या नघटेको भन्दै मन्त्रालयले निषेधाज्ञा थप गर्न सुझाव दिएको हो।

उपत्यकामा विगत तीन सातादेखि जारी लकडाउन आज राति १२ बजे सकिदै छ । अबको एक साता लकडाउन लम्ब्याए महामारी नियन्त्रण सहज हुने भन्दै स्वास्थ्य मन्त्रालयले एक साता लम्ब्याउने सुझाव दिएको हो ।

मन्त्रालयले उपत्यकामा अहिले पनि जोखिम नघटेको भन्दै जारी निषेधाज्ञालाई कम्तिमा एक साता निरन्तरता सुझाव दिएको हो ।
यसअघि मन्त्रालयले दुई सय बढी एक्टिभ केस भएका ठाउँमा लकडाउन र पाँच सय बढी एक्टिभ केस भएका ठाउँमा कर्फ्यु नै लगाउपर्ने मापदण्ड बनाएको थियो ।

उपत्यका नगरपालिका फोरमले भने उपत्यका प्रवेश गर्ने नाकामा कडाई गरी जनजीवन सहज बनाउन सुझाव दिएको छ।