Monday, 21, September, 2020 info@saipalnews.com

थपिए १ हजार ८१ संक्रमित, थप ६ को मृत्यु

काठमाडौं २४ भदौ | पछिल्लो २४ घण्टामा नेपालमा गरिएको जम्मा ११ हजार १ सय ६७ जनाको पीसीआर परीक्षणमा नेपालमा आज थप १ हजार ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । यस्तै, निको हुनेको संख्या ३३ हजार ८ सय ८२ रहेको छ भने हालसम्म ३ सय १२ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका ३ सय ९४, सिरहाका ८१, मोरङका ७७, रौतहटका ७०, सुनसरीका ५६, रुपन्देहीका ४२, मकवानपुरका ४२, भक्तपुरका ३६, ललितपुरका ३४, सप्तरीका २६, सुर्खेतका २२, बाँकेका २२, चितवनका २१, बाराका १७, बर्दियाका १३, नवलपरासी पश्चिमका १२, कपिलवस्तुका ११, कास्कीका १०, धनकुटाका ९, काभ्रेका ८, झापाका ६, पर्साका ६, सर्लाहीका ६, भोजपुरका ५, तनहुँका ४, नुवाकोटका ४, ओखलढुङ्गाका ३, धनुषाका ३, दोलखाका ३, रामेछापका ३, सिन्धुपाल्चोकका ३, लमजुङका ३, दार्चुलाका ३, बझाङका २, दैलेखका २, पाल्पाका २, गुल्मीका २, बाग्लुङका २, धादिङका २, महोत्तरीका २, खोटाङका २, उदयपुरका १, ताप्लेजुङका १, सिन्धुलीका १, गोरखाका १, नवलपरासी पूर्वका १, पर्वतका १, जाजरकोटका १, अछामका १ र दाङका १ जना रहेका छन् ।

यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका काठमाडौँका २ जना, कास्कीका १ जना, अर्घाखाँचीका १ जना, बाँकेका १ जना र नवलपरासी पश्चिमका १ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।