Wednesday, 22, September, 2021 info@saipalnews.com

काठमाडौंमा ३ सय ९४ सहित उपत्यकामा थपिए ४ सय ६४ नयाँ संक्रमित

काठमाडौं २४ भदौ | काठमाडौं उपत्यकामा थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा दिएको जानकारी अनुसार उपत्यकामा थप ४ सय ६४ जनामा संक्रमण देखिएको हो।

त्यसमध्ये काठमाडौंका ३ सय ९४ जना, भक्तपुरका ३६ जना र ललितपुरका ३४ जना छन्।