Wednesday, 19, January, 2022 info@saipalnews.com

देवरको कुटपिटबाट भाउजुको मृत्यु

भोजपुर ५ भदौ । घरायसी विवादमा देवरलृ भाउजुलाई कुटपिट गर्दा भाउजको ज्यान गएको छ । टेम्केमैयुङ गाउँपालिका ५, खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुनेगरि कुटपिट गरेपछि केशरमायाको मृत्यू भएको छ ।गत २२ गते राति घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेका थिए ।

ज्यान जोगाउने क्रममा सुंगुरको खोरमा लडेर ज्यान गएको प्रहरीले जनाएको छ । रातको समय भएकाले उनको खोजी गर्दा नभेटिएपछि भोलिपल्ट बिहान २३ गते खोरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक प्रदीप लामाले जानकारी दिनुभयो ।राजकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।