Thursday, 24, September, 2020 info@saipalnews.com

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं २५ भदौ | नेपाली सुनचाँदी बजार केही दिन ओरालो लागेको सुनको मूल्य आज फेरी बढेको छ । केही दिन ओरालो लागेको सुनको मूल्य हिजो बुधबारदेखि फेरी बढ्न थालेको हो । सुनको मूल्यमा आज बिहिबार ४ सय रुपैयाँले वृद्धि भई छापावाल सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि आज १० रुपैयाँले वृद्धि भई प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । पछिल्लो समय कोभिडका कारण विश्व बजारमा नै सुनको मूल्यमा उतारचढाव आइरहेको छ ।