Thursday, 24, September, 2020 info@saipalnews.com

सबा २ बजेदेखि सेयर कारोवार सुरु

काठमाडौँ २५ भदौ | सेयर कारोवार परिसूचक नेप्से आज बिहिबार २ बजेर १५ मिनेटदेखि सुरु भएको छ । कारोवार सुरु हुन अगावै नेप्सेको टीएमएसमा समस्या देखिएपछि नेप्सेले समस्या समााधान नहुँदासम्मका लागि कारोवार स्थगित गरेको थियो ।

अहिले नेप्सेको टीएमएसमा देखिएको उक्त समस्या समाधान भइसकेकाले बजार खुला गरिसकिएको नेप्सेले जनाएको छ । निर्धारित समयमा कारोवार हुन नसकेपछि नेप्सेले आज बिहिबारका लागि कारोवार अवधि साँझ ५ बजेसम्मका लागि कायम गरेको छ । सामान्य अवस्था रहँदा नेप्सेले कारोवार अवधि ११ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि राख्ने गरेको छ ।