Monday, 21, September, 2020 info@saipalnews.com

थपिए १ हजार २४६ नयाँ संक्रमित, थप ६ को मृत्यु

काठमाडौं २५ भदौ | पछिल्लो २४ घण्टामा नेपालमा गरिएको जम्मा ११ हजार १ सय ४४ जनाको पीसीआर परीक्षणमा नेपालमा आज थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ । यस्तै, निको हुनेको संख्या ३५ हजार ७ सय रहेको छ भने हालसम्म ३ सय १७ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका ४ सय ९५, बाँकेका ७०, रुपन्देहीका ५१, कपिलवस्तुका ४४, ललितपुरका ४३, सर्लाहीका ४२, नवलपरासी पश्चिमका ३७, काभ्रेका ३६, मकवानपुरका ३५, सप्तरीका ३५, भक्तपुरका ३४, पाल्पाका २९, धनुषाका २७, सुनसरीका २३, संखुवासभाका २२, कास्कीका २१, कैलालीका २१, चितवनका १८, बाराका १७, मोरङका १६, स्याङ्जाका १२, पर्साका ११, झापाका ११, बर्दियाका १०, बाग्लुङका ९, नवलपरासी पूर्वका ८, गुल्मीका ७, सल्यानका ६, रुकुम पश्चिमका ६, तनहुँका ५, सुर्खेतका ५, दाङका ४, पाँचथरका ४, भोजपुरका ३, दोलखाका ३, धादिङका ३, अर्घाखाँचीका २, पर्वतका २, रामेछापका २, रौतहटका २, उदयपुरका २, इलामका २, सिरहाका १, नुवाकोटका १, सिन्धुपाल्चोकका १, सिन्धुलीका १, गोरखाका १, डोटीका १, बाजुराका १, बैतडीका १, रोल्पाका १ र लमजुङका १ जना रहेका छन् ।

यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका काठमाडौंका ३ जना, चितवनका १ जना र कपिलवस्तुका १ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।