Saturday, 18, September, 2021 info@saipalnews.com

डोटीमा जिव दुर्घटना १२ जना घाइते

डोटी २६ भदौ । पूर्वीचौकी गाउँपालीका वडा नम्बर १ फुलौट शान्तिनगर बजार नजिककै आज बिहान बन्दवोडि जीप दुर्घटना हुदाँ १२ जना घाइते भएका छन । धनगढीबाट अछामका लागि छुटेको से१ज१०६६ नम्बरको वन्दवोडि जीप दुर्घटना हुदा १२ जना घाइते भएका हुन । जीप सडकबाट करिब ६५ मिटर तल खसेको र घट्ना  आज बिहान ५ः ३० बजे तिर भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहोराले बताए।

दुर्घटनामा परि घाइते हुनेमा अछामको मेल्लेक गाउपालिका वडा नम्ब, ६ सोडसा का ४८ वर्षीयरंग टमटा,४५ वर्षीय दाने टमटा,३६ वर्षीय रुप बहादुर खड्का,३४ वर्षी कमला खड्का,४८ वर्षीय दान बहादुर टमटा,३० वर्षीय सपना टमटा,४० वर्षीय मनसरा टमटा,४८ वर्षीय चंखे टमटा र सोही ठाउँका १२ वर्षीय पारस टमटा रहेका छन ।

सोही जिल्लाको बान्निगढी नगरपालिका ६ का ४८ वर्षी धनबहादुर शाह उक्त नगरपालिकाको वडा नम्बर ३ का ४९ वर्षीय नरबहादुर रावल घाइते भएकाछन। त्यसैगरि बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ८ कालापानिका १९ वर्षीय राजेन्द्र बम घाइते भएका छन ।

दुर्घटनामा परी घाइते भएका १२जनाको जिल्ला अस्पताल डोटीमा उपचार भैरहेको छ ।घाईते मध्य ३ जनाको अबस्था गम्भीर रहेको छ ।दुर्घटना के कति कारणले भएको हो भन्ने अनुसन्धान भईरहेको र प्रारम्भिक अनुसन्धान अनुसार मोड काट्ने क्रममा दुर्घटना भएको हुनसक्ने प्रहरी निरीक्षक बोहोराले बताए । जिप चालक भने फरार रहेका छन ।