Wednesday, 22, September, 2021 info@saipalnews.com

थपिए १ हजार ४५४ संक्रमित, थप ५ को मृत्यु

काठमाडौं २६ भदौ | पछिल्लो २४ घण्टामा गरिएको १० हजार ७ सय १ जनाको पीसीआर परीक्षणमा नेपालमा आज थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ । यस्तै, निको हुनेको संख्या ३६ हजार ६ सय ७२ रहेको छ भने हालसम्म ३ सय २२ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका ६ सय २०, रुपन्देहीका १ सय २, चितवनका ७४, कैलालीका ६७, मकवानपुरका ५४, मोरङका ४७, सुनसरीका ४४, सिरहाका ४२, भक्तपुरका ३८, ललितपुरका ३८, नवलपरासी पूर्वका ३८, नवलपरासी पश्चिमका ३५, कपिलवस्तुका २८, सुर्खेतका २६, गुल्मीका २०, बाँकेका १८, झापाका १४, प्यूठानका १३, संखुवासभाका १२, पाल्पाका १२, रुकुम पूर्वका ११, कास्कीका ११, काभ्रेका ११, तनहुँका ८, सर्लाहीका ७, डोटीका ६, लमजुङका ६, गोरखाका ६, रौतहटका ६, दाङका ५, स्याङ्जाका ४, सप्तरीका ४, पर्साका ३, नुवाकोटका ३, रोल्पाका ३, कञ्चनपुरका २, पर्वतका २, सिन्धुलीका २, सिन्धुपाल्चोकका २, महोत्तरीका २, बाराका २, धनुषाका २, धादिङका १, रामेछापका १, बर्दियाका १ र जुम्लाका १ जना रहेका छन् ।

यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका मोरङ, महोत्तरी, धनुषा, नवलपरासी पश्चिम र काठमाडौंका १÷१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।