Thursday, 24, September, 2020 info@saipalnews.com

भक्तपुरमा घरभित्र ३ जनाको शव फेला

काठमाडौं २६ भदौ। भक्तपुरको मध्यपुर थिमिी नगरपालिका– ९ निकोसेरामा एउटा घरमा ३ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार एकाघरमा बाबुआमा र छोराको शव भेटिएको हो । यद्यपि घटनाको विषयमा विस्तृत जानकारी आइनसकेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए ।घटनाबारे जानकारी पाएपछि भक्तपुरका एसपी तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा घटनास्थलमा गएका छन् ।