Monday, 21, September, 2020 info@saipalnews.com

अध्यक्षलाई मार्ने धम्की दिने भारतीय ठेकेदार पक्राउ

इटहरी २७ भदौ । सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीलाई भारतीय ठेकेदारले ज्यान मार्ने धम्की दिएका छन् । शुक्रबार राति भारतीय ठेकेदार बब्लु भगतले अन्सारीलाई गोली हानी ज्यान मार्ने धम्की दिएका हुन् । धम्कीलगत्तै भगत पक्राउ परेका छन् ।फोनमार्फत् धम्की आएपछि अन्सारीले प्रहरीलाई खबर गरेका थिए । धम्की दिने ठेकेदारलाई सुनसरी प्रहरीले कोशी गाउँपालिका–८ स्थित भण्टाबारीबाट राति नै नियन्त्रणमा लिएको प्रहरी प्रमुख कमल थापाले जानकारी दिए ।

अध्यक्षलाई ज्यान मार्ने धम्की आएको खबरसँगै स्थानीयले राजमार्गसमेत अवरुद्ध गरेका थिए । भगत कोशी प्रोजेक्टका ठेकेदार हुन् । नेपालतर्फ पनि विभिन्न ठेक्का पट्टा हेर्ने उनको ससुरालीसुनसरी हो । पारिवारिक विवादमा अध्यक्ष अन्सारीले हस्तक्षेप गरेको भन्दै उनी केहीसमयदेखि आक्रोशित रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।अन्सारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए।