Wednesday, 22, September, 2021 info@saipalnews.com

स्याङ्जाका एक कोरोना संक्रमितको पोखरामा मृत्यु

काठमाडौं २७ भदौ |  स्याङ्जाका कोरोना संक्रमित ८५ वर्षीय वृद्धको शनिबार पोखरामा निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा उपचाररत उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

स्याङ्जाको पुतलिबजार नगरपालिका–१ का उनलाई भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा कोरोनाकै कारण ज्यान गुमाउने उनी दसौं व्यक्ति हुन् । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट २३ जनाको निधन भइसकेको छ ।