Monday, 20, September, 2021 info@saipalnews.com

थपिए १ हजार २०१ नयाँ कोरोना संक्रमित, आज मात्र १४ जनाको मृत्यु

काठमाडौं २७ भदौ | पछिल्लो २४ घण्टामा नेपालमा गरिएको १० हजार १ सय ७६ जनाको पीसीआर परीक्षणमा नेपालमा आज थप १ हजार २०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ । यस्तै, निको हुनेको संख्या ३७ हजार ५ सय २४ रहेको छ भने हालसम्म ३ सय ३६ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका ३ सय ७७, मकवानपुरका १०७, चितवनका ९२, सर्लाहीका ८३, रुपन्देहीका ८१, मोरङका ५८, नवलपरासी पूर्वका ५१, ललितपुरका ३७, कास्कीका ३५, बाँकेका ३२, दाङका २४, कपिलवस्तुका २२, सुर्खेतका १८, बर्दियाका १८, भक्तपुरका १७, बाराका १५, सुनसरीका १४, पर्साका १०, सप्तरीका १०, पाल्पाका ९, महोत्तरीका ८, कञ्चनपुरका ८, रोल्पाका ८, सिरहाका ७, रामेछापका ७, स्याङ्जाका ७, गोरखाका ६, कैलालीका ४, दैलेखका ४, रौतहटका ४, नवलपरासी पश्चिमका ३, अर्घाखाँचीका ३, बाग्लुङका ३, डडेल्धुराका २, रुकुम पूर्वका २, काभ्रेका २, डोटीका १, प्यूठानका १, लमजुङका १, तनहुँका १, सिन्धुलीका १, सिन्धुपाल्चोकका १, नुवाकोटका १, दोलखाका १, धनुषाका १, उदयपुरका १, ओखलढुङ्गाका १, झापाका १ र इलामका १ जना रहेका छन् ।

यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका काठमाडौंका ३ जना, भक्तपुर र रुपन्देहीका २÷२ जना, र सुनसरी, पर्सा, चितवन, तनहुँ, स्याङ्जा, गोरखा र कास्कीका १÷१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।