Tuesday, 01, December, 2020 info@saipalnews.com

मैले विरोध गरेको भोकाएर हो

मैले विरोध गरेको भोकाएर हो ।

बर्षौंदेखि छाक टार्न नपाएर हो ।।

जिन्दावाद मुर्दावाद गर्दै हिडेको ।

मलाई कयौं सपना देखाएर हो ।।

हाम्रा नेताहरुमा हिम्मत बढेको ।

यहाँ लाउडा पजेरो पचाएर हो ।।

यहाँ जनगुनासो सुन्छु म कति ।

नेता तिमी धेरै नै मोटाएर हो ।।

लोकतन्त्र कमजोर भयो देशमा ।

टिका लाउने पद्धति बसाएर हो ।।

घुणा पनि जाग्दैछ व्यवस्थाप्रति ।

नेतृत्वले जनतालाई सताएर हो ।।

धिरु बिचित्र –हाल काठमाण्डौं