Thursday, 24, September, 2020 info@saipalnews.com

स्वास्थ्य उपकरण खरिदमा कालोबजारी गर्ने ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा

काठमाडौं २९ भदौ । विवादास्पद स्वास्थ्य उपकरण खरिद प्रक्रियामा सहभागी भएको ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल ओबीसीआई कालोसूचीमा परेको छ ।सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना प्रकाशित गर्दै ओम्नीलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो ।

सरकारले ओम्नीलाई कालोसूचीमा नराख्ने मनासय देखाएपछि चौतर्फी दबाब परेको थियो । ओम्नीलाई कालोसूचीमा पर्न नदिन राजनीतिक रुपमा चलखेल भएपनि संसदीय समितिहरुले पनि कालोसूचीमा नराखिएकोबारे चासो दिएका दिए ।सार्वजनिक खरिद अनुगमनको कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा सोमबारबाट लागू हुने गरी ओम्नी कालोसूचीमा राखेको जानकारी दिएको छ ।

स्वास्थ्य सेवा विभागले गत चैत १९ गते ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनलसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो । कोरोना भाइरस ९कोभिड९१९० को संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो । तर, बिना प्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भयो ।

विभागले पनि मन्त्रालय बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरिएको स्वीकार गरेको थियो । साथै, ओम्नी समूहले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय भएको विभागले बताउँदै आएको छ । पहिलो खेपमा ल्याउनुपर्ने सामानमध्ये जम्मा १० प्रतिशत मात्र आएको थियो । एक लाख सेट पीपीई पहिलो लटमा ल्याउने सम्झौता थियो । तर, १० हजार थान मात्र आयो । एन–९५ मास्क, ग्लोब्स र सर्जिकल मास्क पनि सम्झौता अनुसार दिन सकेन । पहिलो लटमा १० हजार एन–९५ मास्क र र एक लाख जोडा ग्लोब्स मात्र आएको छ ।

तर, तेस्रो लटमा ल्याउनुपर्ने ७५ हजार थान ¥यापिड टेष्ट किटमध्ये ५० हजारथान पहिलो लटमा आइपुगेको थियो । र, यो किट प्रयोगका लागि पनि अयोग्य भएको पाइएको थियो ।२ अप्रिलमा दोस्रो खेप सामान आइसक्नुपर्ने मा त्यो सम्भव नदेखिएपछि सरकारले समझौता भंग गरेको थियो ।ओम्नीसँगको खरिद प्रक्रियामा भ्रष्टाचार भएको खुलेपछि सरकारले नेपाली सेनालाई जीटूजीमार्फत औषधि खरिद गर्ने जिम्मा दिएको थियो । तर, सेनामार्फत भएको खरिद पनि विवादमुक्त रहेन ।