Monday, 21, September, 2020 info@saipalnews.com

नेपाल एयरलाइन्सका सिनियर पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं २९ भदौ । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोमा संक्रमण पुष्टि भएसंगै क्याप्टेन लामा अहिले सोल्टी होटलको आइसोलेसनमा बसेका छन् । उनको स्वाब परीक्षण ललितपुरस्थित स्टार अस्पतालमा गरिएको उनको रिपोर्ट आज सोमबार आएको हो ।

उनीसँगै निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करमा पनि संक्रमण देखिएको छ । ।