Tuesday, 27, October, 2020 info@saipalnews.com

नेपालमा आज मात्रै थपिए १ हजार १ सय ७० नयाँ कोरोना संक्रमित, थप १५ को मृत्यु

काठमाडौं २९ भदौ | पछिल्लो २४ घण्टामा नेपालमा गरिएको १० हजार ८ सय ७८ जनाको पीसीआर परीक्षणमा नेपालमा आज थप १ हजार १ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ । यस्तै, निको हुनेको संख्या ३९ हजार ५ सय ७६ रहेको छ भने हालसम्म ३ सय ६० जनाको मृत्यु भएको छ । थपिएका संक्रमितहरुमा काठमाडौंका ४ सय ४०, रुपन्देहीका ८१, कैलालीका ७०, कास्कीका ५४, सुनसरीका ४६, दाङका ४५, भक्तपुरका ४३, सुर्खेतका ३९, सिरहाका ३४, मोरङका ३२, चितवनका ३१, ललितपुरका २९, बाँकेका २४, ओखलढुङ्गाका १९, काभ्रेका १८, तनहुँका १७, मकवानपुरका १४, बाराका १२, गोरखाका १०, पर्साका ९, धादिङका ८, डोटीका ८, दैलखेका ७, पाल्पाका ७, नवलपरासी पीश्चमका ७, झापाका ७, धनुषाका ६, कपिलवस्तुका ६, अछामाका ५, लमजुङका ४, नुवाकोटका ३, बझाङका ३, कञ्चनपुरका ३, सल्यानका २, जाजरकोटका २, रोल्पाका २, गुल्मीका २, स्याङ्जाका २, बाग्लुङका २, नवलपरासी पूर्वका २, सर्लाहीका २, सप्तरीका २, भोजपुरका २, उदयपुरका २, महोत्तरीका १, दोलखाका १, रामेछापका १, सिन्धुलीका १, अर्घाखाँचीका १, कालीकोटका १ र डडेल्धुराका १ जना रहेका छन् ।

यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका काठमाडौंका ६ जना, मोरङका २ जना, र ललितपुर, भक्तपुर, रामेछाप, गोरखा, नवलपरासी पश्चिम, पर्सा र कपिलवस्तुका १÷१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।